२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश



अ+ अ-

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पार्नुभयो ।

उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिवेदन बुझाउदै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगले गरेका काम कार्वाहीको बारेमा संक्षिप्त जानकारी गराउनुभयो । उहाँले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरीरहेको बताउनुभयो ।