२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन: अध्यक्ष ओली (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताउनुभएको छ ।

सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार कहिल्यै पनि स्थायी नहुने बताउनु भयो । उहाँले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताउनु भयो । उहाँले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा अहिलेको सरकारलाई म भन्नेछु । अहिलेको सरकारले पनि तपाईहरुको कुरा सुन्नुपर्छ । सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन । फेरि मैले सरकारको बारेमा खालि सेन्सरसिपको बारेमा मात्रै भनेको हो, अरु होइन । सरकारको बारेमा मलाई अहिले कमेण्ट गर्नु छैन । फेरि दशैँको आज द्वितीयाको दिन । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै छैन ।’

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभइ रमाउनु पनि राजनीति रहेको बताउनु भयो । उहाँले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताउनु भयो । उहाँले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अलिकति उभिने वरिपरी हेर्न समय छैन भने त्यो के जिन्दगी । जिन्दगीका एउटा मात्रै आयाम हुँदैनन् । जिन्दगीको एउटा मात्रै रङ हुँदैनन्, अनेक हुन्छन् । जिन्दगी राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । रमाउनु पनि हो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मलाई औधि मन पर्छ । कलालाई धेरै राम्रोसँग प्रतिनिधित्व गरेका प्रतिविम्वित गरेका कलाकारभित्र मदनकृष्ण र हरिवंश पर्छन् । सेन्सर चाहिँदै चाहिँदैन भन्ने पनि होइन । सेन्सर चाहिन्छ तर हातमा कैँची छ भनेर जथाभावी चलाउनु हुँदैन ।’

अध्यक्ष ओलीले सेन्सर बोर्डले चलचित्र देशको अहीत हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भनेमात्र रोक्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै