२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोट: नेपालको लाओसविरुद्ध महत्वपूर्ण खेल आज



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा आज नेपाल र लाओस प्रतिष्पर्धा गर्दैछन् ।

लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा हुन लागेको निर्णायक खेल नेपाली समय अनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।

नेपालले गत बिहीबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो । उक्त खेलमा अन्जन विष्टले दोस्रो हाफमा गोल गर्दै नेपाललाई संकटबाट बचाएका थिए । आजको खेलमा जित हासिल गर्ने टोलीले छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ। आजको खेल जितेमा नेपालले अर्को चरणमा बलियो प्रतिद्वन्दी संग प्रतिस्पर्धा गर्नेछ । त्यसैले नेपाली फुटबल टीमको लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

यसपाली अवे गोलको नियम नरहेको हुँदा खेल बराबरी भएमा ३० मिनेटको समय थप गरिनेछ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।

यो पनि पढ्नुहोस्: विश्वकप छनोटमा ‘अवे गोल’ काउन्ट नहुने

नेपाली टोली:

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर: सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर: सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट