काठमाडौं । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आज (सोमबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यातायातसहितका सार्वजनिक स्थानमा भने उचित मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले चालू हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।











