२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा पाँचै खेल जित्ने भारत मात्रै



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को २१ औं खेलमा भारतले न्यूजिल्याण्डलाई चार विकेटले पराजित गरेको छ । यो विश्वकपमा भारतको लगातार पाँचौ जित हो । यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अहिले भारतको १० अंक छ ।

आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २७३ रन बनाएको थियो । जवाफमा भारतले ४८ ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएर खेल ४ विकेटले जित्यो ।

न्यूजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक १३० रन बनाए । रचिन रविन्द्रले ७५ र ग्लेन फिलिप्सले २३ रनको योगदान दिए । यी तीन बाहेक विल यङ (१७ रन)ले मात्र दोहोरो अंक छुन सके । भारतका लागि मोहम्मद शामीले ५ र कुलदीप यादवले २ विकेट लिए । जसप्रित बुमराह र मोहम्मद सिराजले एक–एक विकेट लिए ।

भारतका लागि विराट कोहलीले ९५ रनको इनिङ खेले । रोहित शर्माले ४६ र रविन्द्र जडेजाले अविजित ३९ रन बनाए । श्रेयसले ३३ रन, राहुलले २७ रन र गिलले २६ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि लोकी फर्गुसनले दुई विकेट लिए । यस्तै बोल्ट–हेनरी र सान्टनरले एक–एक विकेट लिए ।

अंकतालिकाः