२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्ड लगातार तेस्रो खेलमा पराजित, सेमिफाइनलको सम्भावना कठिन



अ+ अ-

काठमाडौँ । साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा लगातार तेस्रो खेलमा पराजित भएको छ । श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै इंग्ल्यान्डको सेमिफाइनल सम्भावना कठिन बनेको छ । खराब ब्याटिङ लयमा फर्किएको इंग्ल्यान्डले श्रीलंकालाई १ सय ५७ रनको सामान्य लक्ष्य दिएको थियो । उकत लक्ष्य श्रीलंकाले २५ ओभर आगवै खेल सक्कायो ।

श्रीलंकाले २५.४ ओभरमा दुई विकेटको क्षतीमा आफ्नो लक्ष्य पुरा गर्यो । श्रीलंकाको लागि पथुम निसान्का र सदीरा समाराविक्रामाले अबिजित अर्धशतकिय ईनिङ खेले । निसान्का ८३ बलमा ७ चौका र २ छककाको सहयोगमा ७७ रन बनाए । यस्तै, सदीराले ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रन बनाए । तेस्रो विकेटका लागि सदिरा र निसांकाले १ सय ३७ रनको सानदार शतकीय साझेदारी गरेका थिए । यस्तै, ओपनर कुशल परेरा ४ र कप्तान कुशल मेन्डिस ११ रनमा आउट भए ।

इंग्ल्यान्डका डेविड विल्लीले ५ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ३३.२ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । इङल्यान्डका लागि बेन स्टोकले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै, जोनी बेयरस्टोले ३०, डेविड मलानले २८ र डेबिड बिलेले १५ रन बनाएका थिए । यि बाहेक इङल्यान्डका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर सरवाधिक तीन विकेट लिएका थिए । यस्तै, एन्जिलो म्याथयु र कसुन रजिथाले समान २ विकेट लिदा महीश थिक्सनाले एक विकेट लिए ।

इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । घरेलु टोली भारत भने ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो र पाकिस्तान छैटौं स्थानमा रहेको छ ।