१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना नगराउन शिक्षा मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेको र त्यसबाट विद्यालय जाने उमेर समूहका विद्यार्थीहरुमा संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै विशेष सावधानी अपनाउन अपिल गरेको छ । 

मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितीमा यसबारे समीक्षा गर्दै शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना नगराउन पनि आग्रह गरेको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तीः 
१. सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट तय गरिएका थप मापदण्डको पनि पालन गर्नु गराउनु हुन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनु हुन ।

२. शिक्षण संस्थाहरू सञ्चालन गर्दा भीडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजूदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवम् परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाइ सम्बन्धित संस्थाले सिकाई कृयाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउनु हुन । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्नु नगराउनु हुनका साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्नुहुन ।

३. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरू बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुहुन र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रकृयाहरूको पालना गर्नुहुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापहरूलाई निरन्तरता दिनुहुन ।