काठमाडौं । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ। प्रदेश सभामा १ सांसद रहेको राप्रपा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्ष/विपक्षमा नदेखिने भएको हो।
राप्रपाबाट कर्णाली प्रदेश सभामा सोसिला शाही सांसद छन्। ‘राप्रपा कर्णाली प्रदेश सभामा तटस्थ रहन्छ,’ राप्रपा नेता मोहन श्रेष्ठले नेपाल लाइभसँग भने,‘पछि कसलाई सहयोग गर्ने त्यही बेला निर्णय हुन्छ। अहिले तटस्थ रहने हो।’
मुख्यमन्त्री शाहीलाई राप्रपाले मत नदिने भएसँगै उनी संसदमा थप कमजोर देखिने भएका छन्।
संसदमा एमालेका २० सांसद छन्। माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसद छन्। एमालेको बलमा मुख्यमन्त्री बनेका शाहीलाई विपक्षी दलको सबै मत प्राप्त गरेपनि बहुमत पुर्याउन कठिन छ।
एमालेले चैत २० मा शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो। अल्पमतमा रहेका शाहीले आज बस्ने संसदमा विश्वासको मत लिँदै छन्। शाहीलाई मत दिनेरनदिने निर्णय कांग्रेसले समते गर्न सकेको छैन। प्रदेश सभा बैठक २ बजे बस्दैछ ।












