१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ बजारको हार्डवेयर पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी (तस्बीरहरु)



अ+ अ-

गलकोट । बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् ।

दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ । 

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा–३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुराँमा आगलागी हुँदा रु १३ लाखको क्षति भएको थियो । रासस