२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको अभिव्यक्तिमा श्रेष्ठको आपत्ति, युवामा जयवीरको छवि देख्न नसक्नु देउवाको कमजोरी



अ+ अ-

काठमाडौं । देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहॅुजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भएपनि “रहर पुगेपछि फर्कने” भनी दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ।

सत्ता साझेदार दलको प्रमुख नेताले युवा पलायनको गम्भीर विषयमा हल्काफुल्का जवाफ दिनु अशोभनीय छ। युवा पलायन वर्तमानको मात्रै होइन, भावी नेपालका लागि समेत चिन्ताको विषय हो। अहिले नै गाऊॅ गाऊॅमा युवा रित्तिएका छन्, ५० लाखभन्दा बढी युवा विदेशीएका छन्, ति मध्ये केही युवा फर्केलान् तर अधिकांशको फर्कने टुंगो छैन ।

युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाइ चाहिॅ पीडाबोध गराएको छ।

हरेक युवामा उहॅाले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो । दुबइ, कतार, मलेशिया, सिंगापुर जस्ता देशहरु बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन्।

आफ्नो देश बनाउनबाट तिनलाई कसले वञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२/६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरुलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहॅदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजुन् ।

-मोहन श्रेष्ठ राप्रपाका प्रवक्ता हुनुहुन्छ।