२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको पहिलो कारोबार दिन  नेप्से २०. ६८ अंकले बढ्यो, ८ अर्ब ६३ करोडभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौं । विसं २०७८ सालको पहिलो कारोबार दिन बिहीबार नेप्से परिसूचक २०.६७ अंक बढेर २ हजार ७३५.४६ विन्दुमा पुगेको हो । यो दिन परिसूचक ०.७६ प्रतिशत बढेर बन्द भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि ६.१७ अंकले बढेर ४ हजार ९२.४४ विन्दुमा पुगेको छ ।  इन्डेक्स १.२७ प्रतिशतले बढेको छ । यो साताको तीन कारोबार दिन मात्र शेयर बजार खुलेको छ । आइतबार र बुधबार सार्वजनिक विदा परेकाले यो साता तीन दिन मात्र कारोबार भएको हो । तीन दिननै नेप्से परिसूचक बढेको छ ।

बिहीबार रू. ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार बराबरको १ करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१८ ओटा कम्पनीको ९५ हजार ७३७ पटकको व्यापारमा भएको हो । 

यसदिन कारोबार रकममा सर्वाधिक हिस्सा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ओगटेको छ । एनआईसी एशिया लघुवित्तको रू. ४९ करोड ८९ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको हो । 

विसं २०७७ सालदेखि सकारात्मक गतिमा अघि बढेको नेपालको शेयर बजारले अझै गति लिनेमा आम लगानीकर्ताहरु विश्वस्त रहेका छन् । बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रुपमा बढ्दै जानु र राम्रा कम्पनीहरु बजार प्रवेश गर्नुले पनि विसं २०७७ सालले सकारात्मक गति लिएको लगानीकर्ताहरु बताउँछन् ।

यो क्रम विसं २०७८ सालमा पनि नयाँ तथा वास्तविक क्षेत्रका कम्पनीहरुले प्रवेश गर्ने प्रक्रिया अघि बढाएकाले यसबाट बजारमा थप सकारात्मक प्रभाव पार्ने विश्लेषण लगानीकर्ताहरुको छ । 

सर्वाधिक रकमको कारोबारसँगै यो दिन कम्पनीको शेयरमूल्य पनि ९.९५ प्रतिशतले बढेको छ । कारोबारको एक मिनेटमै कम्पनीको शेयरमूल्य उक्त दरमा बढेको हो । प्रतिकित्ता रू. १६९ ले बढेर यो दिन कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ८६८ कायम भएको छ ।

यसदिन बेष्ट फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने अन्य सात ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बेष्ट फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १८७ कायम भएको हो । एनआईसी एशिया लघुवित्तसँगै यो दिन अन्य ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

एनआईसी एशिया लघुवित्तको ९.९५ प्रतिशत, महिला लघुवित्तको ९.९२ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ९.९२ प्रतिशत, ग्रिन डेभलपमेण्ट बैंकको ९.६८ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९.६७ प्रतिशत, कर्णाली डेभलपमेण्ट बैंकको ९.६४ प्रतिशत र सप्तकोशी डेभलपमेण्ट बैंकको ९.५७ प्रतिशत शेयरमूल्य बढेको हो । 

बिहीबारको बजारबाट मल्टिपर्पस फिनान्स, नेशनल माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तका शेयरधनीहरुले भने सर्वाधिक गुमाएका छन् । यो दिन मल्टिपर्पस फिनान्सको शेयरमूल्य ३.६७ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ३.५२ प्रतिशत र स्वाभिमान लघुवित्तको ३.४६ प्रतिशत शेयरमूल्य घटेको हो ।

बिहीबार व्यापारिक समूह र जलविद्युत् समूह बाहेकका सबै परिसूचक बढेका छन् । व्यापारिक समूहको २.५३ प्रतिशत र जलविद्युत् समूहको ०.३४ प्रतिशत परिसूचक घटेको हो ।

विकास बैंकको परिसूचक भने यस दिन सर्वाधिक ३.१२ प्रतिशत बढेको छ । त्यस्तै वित्तको २ .२२ प्रतिशत, बैंकिङको १.२२ प्रतिशत, लगानीको १.५७ प्रतिशत, होटल्स तथा पर्यटनको ०.२६ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.७७ प्रतिशत, अन्यको ०.१६ प्रतिशत, लघुवित्तको ०.११ प्रतिशत, जीवन बीमाको ०.२६ प्रतिशत र म्युचुअल फण्डको ०.४ प्रतिशत परिसूचक बढेको हो । 




भर्खरै