२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रले विश्वकप छनोट गुमाउने सम्भावना



अ+ अ-

काठमाडौं । टि-२० विश्वकपमा पुग्नुअघि नेपाली क्रिकेट टीमलाई ठूलो धक्का परेको छ । टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी टि-२० विश्वकप एसिया छनोटको सबै खेल गुमाउने सम्भावना उच्च बनेको छ । दीपेन्द्र सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा घाईते भएका थिए ।

बायाँ खुट्टाको एंकलमा चोट लागेपछि उनले सिंगापुरविरुद्धको पहिलो खेल गुमाएका थिए । उनी मैदानमा उत्रन असमर्थ भएपछि नेपालले उनको स्थानमा स्थानमा विवेक यादवलाई खेलाएको थियो ।

प्रतियोगिताको अवधि एक हप्ता ( कार्तिक १३ देखी १९ सम्म) मात्रै भएकाले दीपेन्द्रले पूरा प्रतियोगिता गुमाउने उच्च सम्भावना छ ।दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अनुभबी खेलाडि हुन्।

दीपेन्द्रले नेपालको लागि ५२ टि-२० आई खेलेका छन् । जसमा उनले १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् । साथै उनले २५ विकेट पनि लिएका छन् ।

टोलीका प्रमुख अफ स्पिनर समेत रहेका दीपेन्द्रले नेपालबाट पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्थे। उनी नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ । त्रिकोणात्मक टि-२० आई सिरिजमा उनले उच्च प्रदर्शन गरेका थिए । यस्तै, एसियन खेलकुदमा उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएका थिए ।

नेपालले आज भएको पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो । अब नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।




भर्खरै