१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारदेखि विष्णुमति नदी सफाई अभियान शुरु (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमति नदी सफाई अभियान शुरु गरिएको छ । बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमति नदी सफाई अभियान शुरु गरिएको हो । 

विष्णुमति सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमति नदीको शोभा भगवति क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ । विष्णुमति नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमति नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।

विष्णुमति सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिनुभयो । आगामी दिनमा अझै बढी समय दिइने पनि उहाँको भनाई छ ।

विष्णुमति सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमति सफाई अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।