२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक माथिको आक्रमण तत्काल रोक्न म्यानमारको सेनालाई जापानको आग्रह



अ+ अ-

टोकियो/जापान । म्यानमारको राजनीतिक संकटप्रति चासो ब्यक्त गर्दै जापानले नागरिक माथिको आक्रमण तत्काल रोक्न त्यहाँको सेनालाई आग्रह गरेको छ । मंगलबार टोकियो स्थित विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री मोतेगी तोसिमिचुले प्रजातन्त्रप्रति बिश्वाश गर्दै नागरिक माथिको दमन तत्काल रोक्न म्यानमारको सेनालाई आग्रह गरेका हुन् ।

'म्यानमारमा उत्पन्न समस्याका विषयमा हामी अमेरिका लगाएतका देशहरुसंग पनि छलफल गरिरहेका छौ' उनले भने 'सयो संगै हामी नागरिक माथिको आक्रमण लगाएतका केही बिषयमा गम्भीर हुन म्यानमारको सेनालाई आग्रह पनि गर्दछौ । 'म्यानमारका बिषयमा अबस्था अनुसार कसरी अगाडी बढ्ने भन्ने बिषयमा विभिन्न देशसंग परामर्श भैरहेको तर नागरिक माथिको आक्रमण अन्त्य, नजरबन्दमा राखिएका सबैको रिहाइ र प्रजातान्त्रिक प्रणालीको पुनर्स्थापना पहिलो शर्त भएको उनले प्रष्ट पारेका छन् ।

अन्तराष्ट्रिय आर्थिक सहायतालाइ निरन्तरता दिएको भन्ने बिषयलाई भने उनले अस्विकार गरेका छन् । 'म्यानमारमा राजनीतिक संकट गहिरिदै जादा पनि अन्तराष्ट्रिय आर्थिक सहायताले निरन्तरता पाएको जस्तो लाग्छ' भनि पत्रकारले सोधेको प्रश्नमा मंत्री मोतेगीले 'सके त्यो अहिले निरन्तर छ ? भनि प्रतिप्रश्न गर्दै जवाफ दिएका थिए ।

यसको अर्थ जापानले म्यानमारलाइ गर्दै आएको आर्थिक सहायता बन्द गरेको छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि त्यहाँ राजनीतिक समस्या बल्झिदै गैरहेको छ । सैनिक शासनका बिरुद्दमा सडकमा उत्रिएका नागरिकहरु सेनाले आक्रमण गरेको भन्दै अन्तराष्ट्रियस्तरबाट त्यसको चर्को बिरोध भैरहेको छ ।