काठमाडौं । नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन। तर विकसित देशहरू पनि लकडाउनमा जान बाध्य छन्। त्यसैले परिस्थितिलाई विग्रन नदिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं।’
उहाँले आफूले लकडाउन गर्ने धम्की नदिएको पनि बताउनुभयो । धम्की दिने हैसियत आफूले नराख्ने उहाँको भनाइ छ।












