२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट



अ+ अ-

काठमाडौं । तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र/छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट गरिएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सबाट छात्र/छात्रामा समान ९–९ खेलाडी छनोट भएका हुन् ।

छात्रमा पारागनका सुनयन प्रजापति, मिनर्वाका उत्सव थुनइ, जेन्युनका सुमन नापित, बागेश्वरीका भूपेन्द्र ठकुरी, कृष तछामो र राज भरिखु, खपिन्छेका सुवास विक र सुमित कार्की तथा मिनर्वाका सुचन श्रेष्ठ छनोट भए । छात्रामा बागेश्वरीकी रश्मी श्रेष्ठ, साइनिङका सिमरन तामाङ, स्मृति तामाङ, सशिना तमखु, सजिना तामाङ, प्रतीक्षा वाइबा र प्रतीक्षा थापा मगर तथा पञ्चकन्याका प्रतिभा खड्का र विष्णु ओली रहेका छन् ।

करातेको छात्र/छात्रामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । छात्र ३० केजीमा कृष वाछा, ३५ केजीमा विमलकुमार थापा, ४० केजीमा विकास तामाङ र एकल कातामा अनुभव आचार्य छानिए । चारै बागेश्वरीका हुन् । छात्रा ३० केजीमा बागेश्वरीकी श्रीया शाही, ३४ केजीमा रोम्बसकी कृतिका राई तथा ३८ केजी र एकल कातामा माउन्ट भ्यालीकी तेजु बजिकोले केन्द्रीय प्रतियोगिताका लागि स्थान सुनिश्चित गरे ।

टेबलटेनिसमा पनि समान ४–४ छात्र/छात्रा गरी ८ खेलाडी छानिए । छात्रमा माउन्ट भ्यालीका सोहन गोर्खाली, द राइजिङका नुनिश सुवाल तथा प्रोक्सिमाका आशिष लिबी र सफल तामाङ छनोट भए । छात्रामा प्रभातकी करिना सुवाल, प्रोक्सिमाकी नर्वदा खाइतु र श्रृष्तिका लिबी तथा प्रभातकी सौरभी कोजु छानिए ।

सात खेल समावेश प्रतियोगिताअन्तर्गत उक्त तीन खेलसहित ६ खेलको छनोट सम्पन्न भइसकेको छ । यसअघि एथलेटिक्स, तेक्वान्दो र उसुको छनोट सम्पन्न भइसकेको छ । ब्याडमिन्टनको छनोट बैशाख ३ गते हुने छ ।