२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोलीले आज कालो पट्टी बाँधेर खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा कालो पट्टी बाँधेर खेल्न लागेको छ ।

शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भुकम्पमा ज्यान गुमाएकाहरुको सम्मानमा नेपालले पाखुरामा  कालो पट्टी बाँधेर खेल्न लागेको हो ।  नेपालका कप्तान रोहित पौडेलले आजको खेल भुकम्प पिडितको नाममा खेलिने बताए ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै आजको खेलबाट बिक्री हुने टिकटको ५० प्रतिशत मूल्य भुकम्प प्रभावितलाई दिने घोषणा गरिसकेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा  कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।