१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादीका ४ सांसद पदमुक्त



अ+ अ-

धनुषा । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर नेकपा एमालेतिर लागेका २ नम्बर प्रदेश सभाका ४ जना सदस्य पदमुक्त भएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले चार जना प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेसँगै उहाँहरु पदमुक्त हुनुभएको हो । 

मण्डल धनुषा क्षेत्र नम्बर १को(ख) बाट निर्वाचित हुनुभएको हो भने कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख) बाट, ज्वाला कुमारी साह बारा क्षेत्र नम्बर ३को (क)बाट निर्वाचित सांसद हुनुहुन्छ । मोहम्मद समीर बाराबाटै समानुपातिक सांसद हुनुहुन्थ्यो ।

चारै जनाले दल त्याग गरेको पत्र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई बुझाएपछि उहाँहरु पदमुक्त हुनुभएको हो ।

चारै सांसदलाई २ दिनअघि २४ घण्टे स्पष्टीकरण सोधिएकोमा उहाँहरुले स्पष्टीकरण नदिएपछि  बर्खास्त गरिएको बताइएको छ । 

प्रदेश २ मा नेकपा माओवादी केन्द्रमा ११ जना सांसद रहेकोमा ४ जना पदमुक्त भएसँगै अब ७ जना मात्रै सांसद रहनुभएको छ ।