१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौता संसदको एजेन्डा बनाइनुपर्छ: खगराज अधिकारी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले अमेरिकी सहयोग कार्यक्रम (एमसीसी)सम्बन्धी सम्झौतालाई संसदमा बहसको रुपमा उठाउनुपर्ने बताउनुभएको छ । 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले भन्नुभयो, ‘एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो, २–४ वर्षै भयो, अहिले त्यो थन्को लगाएर तपाईंसमक्ष छ, यो एमसीसी सत्ताबाहिर हुँदा राष्ट्रिय हित अनुकुल बनाइन्छ, सत्ताको निम्ति यसलाई जुवाको खालमा राखे झैं गरिन्छ,’ यस्तै उहाँले थप्नुभयो, ‘संसदमा यो विषय कति ३ वर्ष, ४ वर्ष कति वर्षसम्म अल्झाउने हो?  यो तुरुन्त बहसको विषय बनाइयोस्, संसदको विजनेस बनाइयोस भन्ने जोडदार माग राख्न चाहन्छु।’