काठमाडौं । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले अमेरिकी सहयोग कार्यक्रम (एमसीसी)सम्बन्धी सम्झौतालाई संसदमा बहसको रुपमा उठाउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले भन्नुभयो, ‘एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो, २–४ वर्षै भयो, अहिले त्यो थन्को लगाएर तपाईंसमक्ष छ, यो एमसीसी सत्ताबाहिर हुँदा राष्ट्रिय हित अनुकुल बनाइन्छ, सत्ताको निम्ति यसलाई जुवाको खालमा राखे झैं गरिन्छ,’ यस्तै उहाँले थप्नुभयो, ‘संसदमा यो विषय कति ३ वर्ष, ४ वर्ष कति वर्षसम्म अल्झाउने हो? यो तुरुन्त बहसको विषय बनाइयोस्, संसदको विजनेस बनाइयोस भन्ने जोडदार माग राख्न चाहन्छु।’












