२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमको अपराजित यात्रामा चेल्सीले लगायो ब्रेक



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि सानदार जित निकालेको छ । गएराति भएको दुई लण्डन क्लबबीचको प्रतिस्पर्धामा चेल्सीले टोटेनहमलाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । खेलमा चेल्सीका निकोलास ज्याक्सनले ह्याट्रिक समेत गरे ।

अर्कोतर्फ चेल्सीसँगको हारसँगै टोटेनहमका जारी लिगमा अपराजित यात्रा समेत समाप्त भएको छ । टोटेनहम मात्रै लिगमा अपराजित रहेको थियो ।

खेलको छैटौं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै घरेलु टोली टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफमा ७५, ९०+४ र ९०+७ औं मिनेटमा गोल गर्दै ज्याक्सनले ह्याट्रिक पूरा गरे ।

टोटेनहमका दुई खेलाडीले रातो कार्ड खान पुगेका थिए । खेलको ३३ औं मिनेटमा किस्टियन रोमेरोले तथा ५५ औं मिनेटमा डेस्टिनी उडोगीले रातो कार्ड खाएका हुन् ।

यो नतिजासँगै टोटेनहमलाई अंकतालिकामा शीर्षस्थानमा उक्लने मौका गुमेको छ । उसको ११ खेलबाट २६ अंक हुँदा एक अंक बढी रहेको म्यान्चेस्टर सिटी शीर्षस्थानमा छ । उता, चेल्सी समान खेलबाट १५ अंकका साथ १० औं स्थानमा छ ।