काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ।
आइतबार बिहान करिब १० बजेबाट लागेको आगो, तीन दमकल र सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी ओसारेर साँझ नियन्त्रणमा लिइएको हो ।
आगलागी नियन्त्रणका लागि सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरिएको थियो ।
दमकलले मात्रै आगलागी नियन्त्रणमा आउन नसक्ने अवस्था भएपछि निभाउन हेलिकप्टरबाट पनि पानी खसालिएको थियो ।












