१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बिरुद्ध उभिन दबाब बढेपछि आन्तरिक छलफलमा जुट्दै जसपा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बिरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकरिले बिहिबार भएको ३ दल बीचको बार्ता बारे  छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाए पछि जनता समाजबादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपा भित्र स्पष्ट दुई मत रहेको छ । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३÷४ दिन अझै चल्ने बताउनुभयो । 

जसपा भित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्री सँग सत्ता साझेदारीको बिषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।