२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना युक्रेनी क्लब शाख्तार डोनेस्कसँग १–० गोलले पराजित भएको हो ।

शाख्तारलाई घरेलु मैदानमा जित दिलाउन एकमात्र गोल ड्यानिलो सिकानले गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका हुन् । यो नतिजासँगै समूह एच मा रहेको बार्सिलोनाको ४ खेलबाट ९ अंक छ भने टोली शीर्षस्थानमा छ । डोनेस्क ६ अंकका साथ तेस्रो स्थानमा छ ।

गएराति नै भएको यसै समूहको अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले घरेलु मैदानमा बेल्जियन क्लब एन्टर्पलाई २–० गोलले पराजित गर्यो । पोर्टोका लागि एभानिल्सनले पेनाल्टीमा तथा पेपेले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरे ।

युर्गेन एकेलेनक्याम्पले ५२ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एन्टर्प १० खेलाडीमा समेटिएको थियो । पोर्टो ४ खेलबाटै ९ अंकका साथ दोस्रो स्थानमा छ भने अंकविहिन रहेको एन्टर्प पुछारमा छ ।