धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल पक्षले प्रदेश २ का संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरेको छ ।
आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका सांसदहरुले सत्यनारायण मण्डललाई हटाएर महतोलाई नेता चयन गरेका हुन् । मण्डल एमालेको संस्थापन पक्ष अर्थात ओली पक्षका नेता हुन् ।
उक्त बैठकले उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेलीलाई चयन गरेको छ ।












