काठमाडौं । काठमाडौंस्थित नयाँ बसपार्कनजिक एक होटेलमा एकजना युवक मृत अवस्थामा भेटिएका छन् ।
शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो । मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको पनि प्रहरीले जनाएको छ ।
यस घटनाको अनुसन्धानका लागि प्रहरीले घर्तीसँगै होटलमा बसेका दुईजनालाई पक्राउ गरेको छ ।












