२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीविरूद्धको मुद्दाको सुनुवाइ स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
पाँच महिनापछि सुनुवाइ तोकिएको उक्त मुद्दा स्थगित भएको हो । सोही घटनामा जेल परेर असोज ३ मा माफी मिनाहा पाएका थप तीनजना विरुद्धको रिटमा भने आज सुनुवाइ हुने भएको छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका थिए । रेशमको आममाफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशवसिंह बोहराकी पन्ती शारदा कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

रिट निवेदक कडायतले राष्ट्रपति पौडेलबाट भएको आममाफी बदर गराएर रेशमलाई पूरै कैद भुक्तानका लागि पठाउन आदेश माग गरेका थिए ।

२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकार रेशम रहेको ठहर गर्दै अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतबाट भएको उक्त जन्मकैदको फैसला उच्च अदालत र सर्वोच्च अदालतले समेत सदर गरेको थियो ।