काठमाडौं । नेपालमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै हालसम्म मुलुकभर २ लाख ७९ हजार ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७३ हजार ८ सय ८६ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ संक्रमित निको भएका छन् ।
शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ ।












