१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघको चुनावमा विपुल पोखरेल प्यानलसहित विजयी



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलसहित विजयी हुनुभएको छ । ५ जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहँदै गन्न बाँकी मत भन्दा पोखरेलको अग्रता लिएको मत धेरै भएपछि उहाँ विजयी हुनुभएको हो ।

यद्यपि निर्वाचन समितिले उहाँको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन्तिम परिणाम आउनु भन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला शर्मासँग २१ सय मतको अग्रता बनाउनु भएको छ । महासंघका लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन्  । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।

यसका साथै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखासमिति सदस्यमा लेखनाथ न्यौपाने वियजी हुनुभएको छ । पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको निर्वाचनमा १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको थियो ।