काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलसहित विजयी हुनुभएको छ । ५ जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहँदै गन्न बाँकी मत भन्दा पोखरेलको अग्रता लिएको मत धेरै भएपछि उहाँ विजयी हुनुभएको हो ।
यद्यपि निर्वाचन समितिले उहाँको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन्तिम परिणाम आउनु भन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला शर्मासँग २१ सय मतको अग्रता बनाउनु भएको छ । महासंघका लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।
यसका साथै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखासमिति सदस्यमा लेखनाथ न्यौपाने वियजी हुनुभएको छ । पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको निर्वाचनमा १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको थियो ।












