२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेमिफाईनलमा पुग्न पाकिस्तानले ६.४ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने



अ+ अ-

एजेन्सी । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा आज इङ्गल्याण्डले पाकिस्तानलाई सेमिफाईनलमा पुग्न ३ सय ३८ रनको लक्ष्य दिएके छ । अब पाकिस्तानलाई सेमिफाईनलमा पुग्न ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गर्नुपर्ने हुन्छ ।

विश्वकपको सेमिफाइनलमा यसअघि नै भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया पुगिसकेको छ । अब न्युजिल्यान्ड र पाकिस्तान मध्ये एक टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्तिम खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गरेसँगै न्युजिल्यान्डको नेट रन रेट ०.७४ छ । न्युजिल्यान्डलाई उछिन्दै सेमिफाईनलमा स्थान बनाउन पाकिस्तानले ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गर्नुपर्ने हुन्छ । सामान्य जितमा मात्रै पाकिस्तान सेमिफाईनलमा पुग्न सकदैन ।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८४ रन बनाए । त्यस्तै, जो रुटले ६० तथा डेभिड मलानले ३१ र ह्यारी ब्रुकले ३० रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले २–२ विकेट लिए ।