१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको मनोबल माथि नउठी सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुदैनः अर्थमन्त्री पौडेल



अ+ अ-

 काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आतमविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताउनु भएको छ । 
निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको समुदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताउनुभयो । उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि बताउनुभयो ।

कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका पयत्न गरेको बताउनुभयो । ति सबै चिजहरु क्रमिक रुपमा कार्यान्वयमा आएको पनि उहाँले बताउनुभयो ।
कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजी क्षेत्रलाई गतिशिल ढङ्गले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रीत भएर छलफल गरिरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडको कारणले थला परेको अर्थतन्त्रको पुनरउत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गर्नुभयो ।

आयातको तुलनामा निर्यात कम भएको तर आयातलाई रोक्न नहुने पनि वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । उत्पादन बढाउँदा आयात आफै निरुत्साहित हुने उहाँको भनाई छ । नितिगत रुपमै व्यापारलाई भन्दा उद्योग प्रतिष्ठानलाई जोड दिन पनि माग गर्नुभयो ।