२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र म्यान्चेस्टर सिटीको रोमाञ्चक बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले ४-४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा सुरुवाती अग्रता भने सिटीले एर्लिंग हालाण्डको पेनाल्टी गोलबाट लिएको थियो । उनले खेलको २५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, २९ औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । ३७ औं मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै चेल्सीलाई २-१ गोलले अघि बढाए । तर, पहिलो हाफको इन्जुरी समयमा म्यानुएल अकान्जीले गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस्तै, दोस्रो हाफको सुरुवातमै अर्थात् ४७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थप्दै सिटीलाई ३-२ गोलले अघि बढाए ।

यस्तै, यता ६७ औं मिनेटमा निकोलास ज्याक्सनले गोल गर्दै चेल्सीलाई ३-३ गोलको बराबरीमा ल्याए । ८६ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४-३ गोलले अघि बढाए । खेल सकिनै लाग्दा कोल पाल्मेरले ९०+५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई हारबाट जोगाए र खेल ४-४ गोलको बराबरीमा सकियो ।

यो नतिजासँगै सिटी १२ खेलबाट २८ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ भने चेल्सी समान खेलबाट १६ अंकका सात १० औं स्थानमा छ ।