२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटका भूकम्प पीडितलाई भिसिएनको सहयोग-फोटो फिचर



अ+ अ-

काठमाडौं । जाजरकोटका भूकम्प पीडितलाई ईस्टिचिइ् नेपालको सहयोगमा भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय जनधनको क्षति हुन पुगेको थियो ।

भूकम्पमा एक सय पचासभन्दा बढीले अकालमा ज्यान गुमाउनुपरेको छ । भूकम्पबाट प्रारम्भिक तथ्याङ्कनुसार ३० हजार घर पूर्णरूपमा अथवा आंशिकरूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ ।

भूकम्प पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो । उहाँका अनुसार नलगाँड र भेरी नगरपालीका प्रभावित करिब १५० परिवारलाई राहत सामग्री उपलब्ध गराईएको छ ।

संस्थका सहकर्मी, स्वयंसेवक र सहयोगी हरूले आवश्यक सहयोग पुर्‍याउन अथक प्रयास गरिरहेको जनाउदै संस्थाले चिसो बाट नागरिकलाई जोगाउन धेरै काम गर्नुपर्ने जनाएको छ । स्थानीय निकाय , प्रशासन , सुरक्षानिकायसंग समन्वयमा उद्दार र राहत बितरण कार्यका सहकार्य गरेको जनाउदै संस्थाले सामूहिक दृष्टिकोणबाट मात्र उद्दार , राहत र पुननिर्माण हुन सक्ने जनाएको छ ।




भर्खरै