२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक दूरी उल्लंघन गरेपछि नर्वेजियन प्रधानमन्त्रीलाई जरिवाना



अ+ अ-

एजेन्सी । नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई प्रहरीले जरिवाना गरेको छ ।  

कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको सामाजिक दूरीको नियम उल्लंघन गरेपनि उहाँलाई जरिवाना गरिएको हो । जरिवानास्वरुप उहाँलाई २ हजार ३ सय डलर (२० हजार नर्वेजियन क्राउन) जरिवाना तोकिएको हो ।

जन्मदिन मनाउन परिवार तथा साथीभाइको जमघट गर्दै सामाजिक दूरीको नियम उल्लंघन गरेको भन्दै प्रहरीले कारवाही गरेको जनाएको छ ।

गत फेब्रुअरीको अन्त्यतिर एक माउन्टेन रिसोर्टमा १३ जना पारिवारिक सदस्यबीच प्रधानमन्त्री सोलवर्गले आफ्नो ६०औं जन्मदिन मनाउनुभएको थियो । 

यद्यपि उहाँकै सरकारले भने कुनै पनि कार्यक्रममा १० जनाभन्दा बढी मानिस भेला हुन निषेध गरेको थियो ।