२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र न्यूजिल्याण्डमा कुन टोली बलियो ? यस्तो छ तथ्यांक



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ मा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली प्रतियोगितामा अपराजित रहने एकमात्र टोली हो ।

अर्कोतर्फ लगातार चार खेलमा हार बेहोरेको न्यूजिल्याण्डले श्रीलंकालाई हराउँदै सेमिफाइनलको टिकट बुक गरेको थियो । आईसीसी प्रतियोगिताको नकआउट खेलमा जिल्याण्डले जहिले पनि भारतलाई हराउँदै आएको छ ।

विश्वकपमा न्यूजिल्याण्डको दबदबा
भारत र न्यूजिल्याण्ड एकदिवसीय विश्वकपमा अहिलेसम्म कुल १० पटक आमनेसामने भएका छन् । जसमध्ये न्यूजिल्याण्डले ५ खेल जितेको छ । यस्तै, भारतीय टोलीले चार खेल जितेको छ । एक खेल अनिर्णित रह्यो । सन् २००३ यता भारतले आईसीसी प्रतियोगितामा न्युजिल्याण्डलाई एक पटक मात्र पराजित गरेको छ । भारतको यो जित यसै विश्वकपमा भएको हो ।

एकदिवसीयमा भारतको दबदबा
भारत र न्यूजिल्याण्डबीच एकदिवसीय खेलको तथ्याङ्क हेर्दा भारतले यहाँ वर्चस्व कायम गरेको छ । ५० ओभरको ढाँचामा दुवै टोली कुल ११७ पटक आमनेसामने भएका छन् । जसमध्ये भारतीय टोलीले ५९ खेल जितेको छ भने न्यूजिल्याण्डले ५० खेल जितेको छ ।

७ खेलको नतिजा भने आएन । भारत र न्यूजिल्याण्डबीच भएको पाँच ओडीआई खेलमध्ये चार खेलमा भारतले जित निकालेको छ ।

भारतीय टोलीले न्यूजिल्याण्डलाई विश्वकप २०२३ मा एक पटक पराजित गरिसकेको छ । धर्मशालामा भएको खेलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।




भर्खरै