१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल त्याग गरेको सुचना संसद सचिवालयमा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल त्याग गरेको सुचना संसद सचिवालयलाई जानकारी गराएको छ । 

राष्ट्रियसभाका  माओवादी केन्द्रका दलका नेता दिननाथ शर्माले राष्ट्रियसभामा माओवादी केन्द्रबाट निर्बाचित सांसद रामबहादुर थापाले दल परित्याग गरेको जानकारी गराउनु भएको हो । 

राष्ट्रियसभाको बैठक नबसेका कारण माओवादी केन्द्रले दिएको सुचना अध्यक्षले सुचना टाँस गरेर जानकारी गराउनु हुनेछ ।   

यसअघि बिहिबार मात्र माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा निर्बाचित चार सासंसदहरु  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त हुनुभएको थियो । उहाँहरु चारै जना गैर सासंदका रुपमा आजै पुनः मन्त्री बन्दै हुनहुन्छ ।