काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल त्याग गरेको सुचना संसद सचिवालयलाई जानकारी गराएको छ ।
राष्ट्रियसभाका माओवादी केन्द्रका दलका नेता दिननाथ शर्माले राष्ट्रियसभामा माओवादी केन्द्रबाट निर्बाचित सांसद रामबहादुर थापाले दल परित्याग गरेको जानकारी गराउनु भएको हो ।
राष्ट्रियसभाको बैठक नबसेका कारण माओवादी केन्द्रले दिएको सुचना अध्यक्षले सुचना टाँस गरेर जानकारी गराउनु हुनेछ ।
यसअघि बिहिबार मात्र माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा निर्बाचित चार सासंसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त हुनुभएको थियो । उहाँहरु चारै जना गैर सासंदका रुपमा आजै पुनः मन्त्री बन्दै हुनहुन्छ ।












