१ असार २०८३, सोमबार
,
Latest
रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदबाट हटाइएका चार मन्त्रीको आजै सपथग्रहण हुने



अ+ अ-

काठमाडौं । आफ्नो मूल पार्टी नेकपा माओवादी केन्द्रको कारबाहीबाट सांसद तथा मन्त्रीपद गुमाएका चार पूर्व माओवादी नेतालाई प्रधानमन्त्री केपी ओलीले आज साबिककै मन्त्रालयमा मन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । 

उहाँहरुले आज साँझ ५ बजे सपथग्रहण गर्ने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई शितलनिवासमा सपथग्रहण गराउने कार्यक्रम रहेको छ । 

सांसद नभए पनि ६ महिना सांसद हुन पाउने सबैधानिक प्राबधान अनुसार प्रधानमन्त्री ओलीले  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई साबिककै मन्त्रालयमा नियुक्ति गर्न लाग्नु भएको हो ।

बिहीबार मात्र उहाँहरु चारैजनाको सासंद पद रिक्त भएको जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधिशभालाई गराउनु भएको थियो । त्यस लगत्तै उहाँहरु मन्त्रीपद पनि रिक्त भएको थियो ।  नेकपा रहकै अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई साथ दिएका चार नेता एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमाले मै रहनु भएको थियो ।

एमालेको बिभिन्न जिम्मेवारी लिएपछि माओबादी अध्यक्ष पुष्पकमल दाहालले २३ गते सोमबार संसद सचिवालयलाई एक पत्र पठाउदै उहाहरुले दल त्याग गरेका भन्दै सांसद पद रिक्त भएको जानकारी गराउनु भएको थियो ।