२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमार स्टारर ‘राम सेतु’ टिमका ४५ सदस्यलाई कोरोना संक्रमण भन्ने खबर झुटो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनको फिल्म 'राम सेतु'को सेटमा ४५ क्रु मेम्बरलाई पनि कोरोना संक्रमण भएको खबर बाहिर आएको थियो । 

यद्यपि फिल्मको को प्रोडक्शन कम्पनी अबुन्दन्तिया इन्टरटेन्मेन्टका मालिक विक्रम मल्होत्राले यस खबरलाई अफबाह बताएका छन् । उनका अनुसार २५ जना संक्रमित भएका थिए तर त्यसमध्ये कोहीपनि टिमका सदस्य थिएनन् । 

मल्होत्राका अनुसार ५ अप्रिलमा मड आइल्याण्डमा सुटिङ सुरु हुँदैथियो । जसका लागि १९० जनाको टिम बनाइएको थियो । दुईदिन पहिले सबैको कोरोना परीक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ पाइएको थियो । 

संक्रमित भएसँगै उनीहरुलाई टिमबाट बाहिर पठाइएको थियो । उनले यो पनि बताए कि अक्षय कुमार ती सेटमा आएकामार्फत संक्रमित भएका होइनन् ।