१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई



अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले उहाँलाई आज बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनु उहाँप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताउनुभएको छ ।

सन्देशमा राष्ट्रपतिले उहाँको सक्षम नेतृत्व तथा भियतनामको विकास र समृद्धिका निम्ति उहाँले गर्नुभएको योगदानको सम्मान हो भन्नुभएको छ । 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको प्रधानमन्त्रीमा पाम मिन चिन बहाल हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना सन्देश पठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा भएको आफ्नो भियतनाम भ्रमणको स्मरण गर्दै दुई देशबीच विद्यमान सांस्कृतिक सामिप्यता र मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री चिनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस