२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्घाटन र शिलन्यासका नाममा तमासा भयो : गगन थापा (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उहाँले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौति दिनुभएको हो । 

उहाँले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा  प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उहाँले एक एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट  ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । म-हामी तपाईसंग बहस गर्न तयार छौ । तपाईले प्रस्तुत गर्नुभधएको तथ्यमा टेकेर । ल आउनुहोस् । तपाई एउटा एउटा मन्त्रालयमा बहस गरौ ।

कहाँ तीनबर्षमा चमत्कार भएको छ ? पानीमा बहस गरौ । सडकमा  बहसगरौ । पुलमा बस गरौ । राष्ट्रिय आयोजनाहरुको एउटा एउटा कुरामा बहस गरौ । तथ्य र तथ्यांकमा टेकेर बहस गरौ प्रधानमन्त्री ज्यू । नेपालको इतिहासमा सबैभन्दा बढी अवसर  पाउनुभएको अवस्थामा काम कति भयो ? कसरी भयो ? भन्ने कुरामा बहस गर्न तपाईलाई यो संसदमा एउटा सांसद निम्तो दिन चाहन्छ ।

चुनौति दिन चाहन्छ । संसदलाई  छलेर भागेर होइन , यहाँभित्र आएर छलफल गरौ । सिलन्यास र उद्घाटन नै गर्ने रहर हो भने सुरु भईसकेका  पुलहरु सकिएपछाडि बालुवाटारको परिसर भित्र थुप्रै जग्गा खालि छ । त्यहीभित्र प्रत्येक दिन एउटा नया भवनको सिलन्यास गर्नुहोला । बनेका कोठाको फेरि उद्घाटन गर्नुहोला । ”

उहाँले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई “अल्पज्ञान”को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेछ ? दुईवटा कारण हुनसक्छन् । एउटा कारण वास्तविकता के छ भन्ने कुरा प्रधानमन्त्री जी लाई थाहा छैन । चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ । विकृत असत्यभाषी । यी दुईवटै अवस्था राष्ट्रका निम्ति हानीकारक छ । खराब छ ।”

प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर २०७५ सालको अशोज सम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसंग कुरा नमिल्दा साढे २ बर्ष बढी समय लागेको र डेढ अरब रुपैया अनावश्यक खर्च भएको भन्दै उहाँले भन्नुभयो “अहिले यत्रो फुर्ति ?”

उहाँले भन्नुभयो “कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ । चमत्कार भयो भनेको छ । ६७ सालमा सुरु भएको अपर तामाकोशी ७३ सालमा सकिनुपर्ने अब आउने सालको बैशाखतिर पहिलो युनिट सुरु हुदैछ ।

अब हेर्नुहोला सभामुख महोदय, हामी हेर्छो, ठ्याक्कै मेलम्चीको जस्तो अहिले गरिएको जुन तमासा छ, अब यो तामाकोशीमा देखाईनेवाला छ । गजबै भो । चमत्कारै भो । प्रधानमन्त्री त कस्तो कस्तो । फ्याट्ट बिजुली बाल्दिनु भो । पानी झार्दिनुभो । अब कविताहरु हामी सुन्न पाउनेवाला छौ । ”

उहाँले बुढीगण्डकी, फास्टट्रयाक , पश्चिम सेती, कर्णाली करिडोर, कोशी करिडोर, बबई सिंचाई आयोजना, सिंक्टा  सिंचाई आयोजना लगायत बर्षोदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरु को निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासिन भएको आरोप लगानुभयो ।

निर्माण सकिएर चालु भएको २ बर्ष भईसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको,बीच बाटोमा पुगेको कामको सिलन्यास गरिएको, कसैको डिपिआर नै नभएको भन्दै उहाँले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको सिलन्यास गरेर सिलन्यास र उद्घाटन गर्ने रहर पुरा गर्न  सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “सब स्टेशन चार्ज भएको कहिले ? अस्ति गएर थिचेको छ बटन ।  यो के को तमासा हो । अस्तिभर्रखर १ सय ६५ वटा बटन ट्याक्क थिचेर सडक उद्घाटन । कति सजिलो छ । पैसा ३ अरब छ, लाग्छ ५७ अरब । डिजाईन पनि छैन । पैसा छैन । डिजाईन पनि नचाहिने ? पैसा पनि नचाहिने ।”

दिनको ३ किलोमिटर विस्तार नभएको बेला दैनिक १० किलोमिटर पीच भएको भनी प्रचार गरिएको उल्लेख गर्दै उहाँले क्यालकुलेटरले हिसाव गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोक्दिउँ । एकैचोटी १६ सय ५० वटा । प्रधानमन्त्री यत्तिको बहादुर भएको बेलामा । ठोक्दिए भैहाल्यो नि सभामुख महोदय । प्रधानमन्त्री ज्यूले अहिले आएको छ १० किलोमिटर बाटो दिनको पिच भएको छ भनेको छ । क्यालकुलेटर ल्याएर हिसाब गरौ न ।”

नियम, कानुन र काम लगाउने निकायको क्षमता लगायत पुर्वाधार निर्माणमा रहेको आधारभूत समस्याहरु सम्बोधन गर्न आफुहरु तयार रहेको भन्दै उहाँले त्यसतर्फ प्रधानमन्त्र्रीलाई रुची नै नभएको दाबी गर्नुभयो ।