२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजदम्पति भारत प्रस्थान



अ+ अ-

काठमाडौं ।  पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमल शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत जानु भएको छ । नेपाल वायुसेवा निगमको काठमाडौं दिल्लीको नियमित उडानबाट बिहान ११.५ बजे उहाँहरु दिल्ली जानु भएको हो ।

सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा कुम्भमेलामा सहभागी हुन पूर्व राजदम्पति त्यस तर्फ लाग्नु भएको हो ।

राजाका हैसियतमा नै आयोजकले निमन्त्रणाा गरेको र चैत्र ३० गते आयोजना हुने र  शाही स्नानमा सहभागिता जनाउन आयोजकले आग्रह गर्नु भएको थियो।