२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडपाण्डा सिकारी कारागार चलान



अ+ अ-

रसुवा । दुर्लभ रातो हाब्रे (रेडपाण्डा) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित  भएका अभियुक्त  कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका  छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रातो हाब्रे (रेडपाण्डा) चोरी शिकारी गरेको अभियोगमा  जिल्ला अदालतबाट विसं २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो । तातोपानी नजिकै गाईबस्तुको  गोठमा लुकिछिपी बसेको अवस्थामा  थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ ।

जिल्ला अदालतको फैसला बमोजिम पक्राउ परेका तामाङले एक वर्ष कैद भुक्तान गर्नुपर्ने बताइएको छ । विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी प्रमाणित भई फरार सूचीमा रहेका व्यक्तिको खोजीकार्यलाई तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस