२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको छः वरिष्ठ नेता पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नविन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । 

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले बुधबार स्वर्गीय जोशीको १३ औं पूण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदयीमान नेताको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो ‘नविन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ एउटा लोकपृय नेता, अत्यन्त लोकपृय नेता, विचारवान नेता, विचारशिल नेता र कार्मशिल नेता, विचार मात्र होइन कर्म र विचार दुईवटैको संयोग, इमान्दारिता मात्र होइन योग्यता र इमान्दारिता दुईवटैको संयोग नविन्द्रराज जोशी एक होनहार, उदयीमान नेता आज नेपाली कांग्रेसले गुमाएको छ । यो घडीमा हामी सम्पूर्ण कांग्रेसजनहरु नेपालका लोकतन्त्रवादीहरु र नविन्द्रजीका सबै शुभचिन्तक, परिवारजन देखी लिएर समस्त नेपालका सचेत नागरिकहरु वास्तवमा यो अभावलाई, उहाँको यो निधनलाई अत्यन्त ठूलो क्षतिको रुपमा लिएका छन सबैले, र लोकतान्त्रिक आन्दोलनको उदयीमान ताराको अस्त भएको छ ।’

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्री आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आउनुभएको कुरा पनि वरिष्ठ नेता पौडेलले स्मरण गर्नुभयो । अनुचित किसिमका सम्झौता जतिसुकै दवाव परेपनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतिक नविन्द्रराज जोशी रहनुभएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।