२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ: अर्थमन्त्री



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।

सोमवार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताउनु भयो । उहाँले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गर्नुभयो । उहाँले विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने बताउनु भयो । उहाँले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लगानी बिस्तारै बढ्दैछ । जग्गा कारोबार बिस्तरै बढ्दैछ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने । मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरु बिस्तारै बढ्दैछन् । जहाँ निश्चित ठाउँ भन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरुलाई ऋण तिर्न गाह्रो भएको छ । नत्र भने सबै सकारात्मकतातिर अर्थतन्त्रका इण्डिकेटर गएका छन् । ऋण लिनेहरुले जिम्मेवारीपूर्वक ऋण प्रवाह ऋण जसरी सीमाभित्र रहेर गर्नुपर्दथ्यो, त्यो बेला सरकारले पनि नगरेको र लिनेले जिम्मेवारी नलिँदा यो साउँ ब्याज तिर्न गाह्रो भइरहेको छ । त्यसलाई सहज गर्न लागिरहेका छौँ । सरकारी खर्च व्यवस्थित गरिरहेका छौँ । आर्थिक सूचक सकारात्मक छन्् । अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिनेछौँ ।’

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताउनु भयो ।

 




भर्खरै