२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसेस श्रीलङ्काः मञ्चमै झगडा परेपछि उपाधि विजेता प्रतियोगी ‘घाइते’



अ+ अ-

काठमाडौं । मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ। आइतवार पुष्पिका डिसिल्भाले 'मिसेस् श्रीलङ्का' को उपाधि जितेकी थिइन्। त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्।

सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो। तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए। तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन्।

'पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु,' उनले दर्शकहरूलाई भनिन्।

त्यसपछि उनले रनरअपको शिरमा मुकुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरिएको उक्त कार्यक्रमको भिडिओमा देखिएको छ। आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन्।

फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन्। आफूमाथि भएको 'अनुचित र अपमानजनक' व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छन्।

'श्रीलङ्कामा मजस्तै कैयौँ एकल आमाहरू छन् जो पीडित छन्,' उनले एउटा पत्रकार सम्मेलनमा भनिन्। 'यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हुर्काउन दुःख गरिरहेका छन्।'

मिसेस श्रीलङ्काका राष्ट्रिय निर्देशकले बीबीसीसँग मङ्गलवार डिसिल्भालाई ताज फिर्ता दिइने बताए। 'हामी निराश छौँ,' उनले भने। 'मञ्चमा क्यारलाइन जुरीले जुन व्यवहार गरिन त्यो अपमानजनक थियो र मिसेस वर्ल्ड संस्थाले यो विषयमा छानबिन सुरु गरिसकेको छ।'

प्रहरीले जुरीसँग सोधपुछ गरिरहेको छ। मिसेस श्रीलङ्का उक्त देशको प्रमुख सौन्दर्य प्रतियोगितामध्ये एक हो। यसपालि देशका प्रधानमन्त्रीकी पत्नी पनि अतिथिका रूपमा उपस्थित थिइन्। (बीबीसी नेपाली)




भर्खरै