१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले ४ संघीय सांसदलाई कारबाही गर्‍यो



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ जना संघीय सांसदलाई कारबाही गरेको छ । सो पार्टीले सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्यसमेत नरहने गरी सांसदबाट हटाएको हो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षर रहेको उक्त निर्णयमा उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकामा प्रभु साह बाहेक अरुले जवाफ नदिएको र जवाफ दिएका शाहको पनि चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै कारबाही गरिएको पत्रमा उल्लेख छ । 

यस्तै राष्ट्रियसभाका सांसद् रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि दलबाट हटाइएको पत्र संसद् सचिवालयमा छुट्टै दर्ता भएको बताइएको छ ।