काठमाडौँ । नेकपा (एमाले)को खनाल–नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी गठन गरेको छ । सो समूहले बल्खुस्थित एक पार्टी प्यालेसमा बैठक बस्दै अष्टलक्ष्मी शाक्यको नेतृत्वमा समानान्तर कमिटी निर्माण गरेको हो ।
शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको छ । कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन् । सचिवमा रचना खड्का रहेकी छन् ।
एमालेमा संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले पनि केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन गर्दै आएको छ ।












