काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले तीन विद्यार्थी नेताहरुलाई कारवाही गरेको छ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले एक विज्ञप्ति जारी गर्दे तीन नेताहरु आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई कारबाही गरेको जनाउनु भएको छ ।
कारबाही गरिएका तीनै जना नेता माधवकुमार नेपाल पक्षका हुन् । नेपाल पक्षले चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए त्यस पछि उनिहरुलाई तीन दिनभित्र स्पष्टिकरण दिन लिखित निर्देशन दिन निर्देशन दिएपनि जवाफ नदिए पछि कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार उनिहरुले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेको, संगठनको निर्देशन अटेर गरेको भन्दै कारवाही गरिएको जनाईएको छ ।













